एजेन्सी । फ्रान्सेली लिग वान फुटबल प्रतियोगिता अन्तर्गत पेरिस सेन्ट जर्मेन ‘पीएसजी’ विजयी भएको छ ।
शनिवार राति सम्पन्न भएको खेलमा पीएसजीले कायनलाई २-१ गोल अन्तरले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए । दोस्रो हाफमा सुधारिएको खेल खेलेको कायनले खेलको ५६ औँ मिनेटमा काशिमिर निन्गाले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
निन्गाले गोल गरेपछि निक्कै आक्रामक बनेको पीएसजीका लागि खेलको ५९ औँ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।
त्यस्तै ८७ औँ मिनेटमा उनले दोस्रो गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल पीएसजीले २-१ गोल अन्तरले जित्यो । जितपछि पीएसजीले जारी लिगमा २० अंकको अग्रता लिएको छ ।
पीएसजीले २६ खेलबाट ७१ अंक बनाउँदै लिगको शिर्ष स्थानमा यथावत छ । दोस्रो स्थानमा रहेको लिलीको ५१ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया