विपक्षी नेता गुवाईडोलाई पक्राउ गर्ने राष्ट्रपति मडुरो सरकारको तयारी

एजेन्सी । निकोलस मडुरो नेतृत्वको भेनेजुएला सरकारले विपक्षी नेता हुँवा गुवाईडोलाई पक्राउ गर्ने तयारी गरेको छ । 

आफ्नो निर्देशन विपरीत विदेश भ्रमण गरेको भन्दै मड्रो नेतृत्वको भेनेजुयला सरकारले पक्राउ गर्ने तयारी गरेको हो । 

समर्थनका लागि कोलम्बिया, अर्जेन्टिना, ईक्वेडर, पाराग्वेलगायतका ल्याटिन अमेरिकी मुलुकमा गएका गुवाईडोले मुलुक फर्कने तयारी गरिरहँदा राष्ट्रपति मडुरो सरकारले नियन्त्रणमा लिने तयारी थालको हो । 

गुवाईडो ईक्वेडरबाट मुलुक कसरी फर्कन्छन् भन्ने विषय भने गोप्य राखिएको छ । 

मडुरोे निर्वाचनमा धाँधली गर्दै राष्ट्रपतिमा निर्वाचित भएको भन्दै गुवाईडोले आफुलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । सेनाको समर्थन पाएका राष्ट्रपति मडुरोले गुवाईडोको बैंक खाता रोक्का गर्दै विदेश भ्रमणमा प्रतिबन्ध लगाएका थिए । 

यसैगरी विपक्षी नेता गुवाईडोको नेतृत्वलाई ल्याटिन अमेरिकालगायत पश्चिमा देशले मानयता दिएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?