गायक पुरुषोत्तमको गीतमा वर्षा र आकाशको रोमान्स

काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री वर्षा सिवाकोटीद्वारा अभिनित म्यूजिक भिडियो ‘जब जब तिमी आयौँ’ सार्वजनिक भएको छ । 

गायक पुरुषोत्तम सुवेदीको आवाज र संगीत रहेको सो गीतमा अम्बिका गुरुङले शब्द भरेका छन् ।  

एक प्रेमीले प्रेमिकालाई माया पाएपछि व्यक्त गरेको भावलाई यो गीतमा उठान गरिएको छ । 

गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीको छायांकन रहेका छन् । 

भिडियोमा कमल प्रसाईंको ड्रोन, सुप्रिम पराजुलीको सम्पादन रहेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?