ग्यास उद्योगीद्वारा आन्दोलनको चेतावनी, बजारमा ग्यासको कृत्रिम अभाव

काठमाडौं । ग्यास उद्योगीले आन्दोलन गर्ने चेतावनी दिएसँगै ग्यास बिक्रेताले ग्यासको कृत्रिम अभाव गराउन शुरु गरेका छन् । 

उद्योगीले कमिसन र सञ्चालन खर्च बढाउनका लागि सरकारलाई दबाव दिन ग्यासको प्रडक्ट डेलिभरी अर्डर (पीडीओे खरिद नगर्ने चेतवनी दिएसँगै बिक्रेताले ग्यासको कृत्रिम अभाव गराउन शुरु गरेका हुन् । 

बाह्य र आन्तरिक ढुवानी, प्राविधिक नोक्सानी, उद्योगको मुनाफा र बिक्रेताको कमिसनवापत प्रतिसिलिण्डर २ सय ३२ रुपैयाँ अपुग भएको गुनासो उद्योगीको छ । 

उद्योगीले उद्योगमा नेपाल गुणस्तर चिन्ह लिनुपर्ने, कर्मचारीको न्यूनतम ज्याला बढेको र सामाजिक सुरक्षाको दायित्व थपिएको भन्दै प्रतिसिलिण्डर कमिसन ४ सय ६६ रुपैयाँ प-याउनुपर्ने माग सरकारसामु राखेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?