प्रदेश २ को नाम ‘मिथिला’ र भाषा ‘मैथिली’ हुनुपर्छ : देउवा

जनकपुर । प्रदेश २ को नाम ‘मिथिला’ र भाषा ‘मैथिली’ हुनुपर्ने कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन् । 

आइतवार जनकपुर पुगेका कांग्रेस सभापति देउावले पत्रकारसँगको भेटमा सो कुरा बताएका हुन् । साथै उनले प्रदेशको स्थायी राजधानी जनकपुर तोक्न समेत सरकारलाई सुझाव दिए । 

उनले भने, ‘प्रदेशको नाम, भाषा र राजधानीमा कांग्रेस एकमत छ, प्राचिन शहर जनकपुर नै भएकोले प्रदेश २ को राजधानीका लागि जनकपुर नै उपयुक्त छ ।’ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?