मेरो माइक्रो फाइनान्सद्वारा हकप्रद शेयर निष्काशन

काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले हकप्रद शेयर निष्काशन गरेको छ। 

वित्तीय संस्थाले आज ‘आइतवार’देखि एक बराबर एक अनुपातमा कम्पनीले ३२ करोड ८९ लाख रुपैयाँ बराबरको हकप्रद बिक्री खुल्ला गरेको हो। गत मंगलवार माइक्रोफाइनान्स सञ्चालक समितीको बैंठकले 
हकप्रद निष्काशन गर्न माघ २४ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो। यसअनुसार माघ २३ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन्।

यस कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकको ग्लोबल आइएमई क्यापिटल रहेको छ । शेयरधनीले मेरो शेयर सफ्टवेयर, धितोपत्र बोर्डबाट आस्वा सदस्य प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली, बिक्री प्रबन्धकको कार्यालय जमल, तथा मेरो माइक्रोफाइनान्सको सबै शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

आवेदन भर्ने अन्तिम मिती चैत २४ गते रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?