कास्की । पोखरामा एक छात्राको शव फेला परेको छ ।
पोखरा नर्सिङ क्याम्पसमा अध्ययनरत १९ वर्षीय छात्रा दिव्या अधिकारीको शव फेला परेको छ ।
आइतवार बिहान कास्कीको अन्नपूर्ण गाउँपालिका २ को ढिकुरपोखरी बस्ने अधिकारीको शव फेवातालमा घोप्टो परेको अवस्थामा शव फेला परेको बैदाम कार्यालयका प्रमुख कोमल शाहले जानकारी दिए ।
परिवार स्रोतका अनुसार अधिकारी आज बिहानै क्याम्पस जानका लागि घरबाट हिँडेकी थिइन् ।
अहिले उनको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको शाहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया