‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ : कप्तान पारससहित पाँच जना खेलाडी मनोनित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कासहित पाँच खेलाडी ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’को मनोनयनमा परेका छन् । 

क्रिकेट खेलाडी संघ ‘सिप्यान’को आयोजनामा हुने एनसीसीएस सीप्यान क्रिकेट अवार्ड अन्तर्गत आइतवार विभिन्न ३ विधाको मनोनयन सार्वजनिक गरिएको हो । 

वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला र १९ वर्ष उदीयमान क्रिकेट खेलाडी विधामा ५-५ जनाको नाम आइतवार सार्वजनिक गरिएको हो । पुरुष वर्ष क्रिकेट खेलाडी अवार्डका लागि कप्तान पारससहित दिपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन् ।

त्यस्तै महिलातर्फ कप्तान रुबिना क्षेत्री, इन्दु बर्मा, करुणा भण्डारी, सरिता मगर र सिता रानामगर रहेका छन् । यता उदयमान क्रिकेट खेलाडीतर्फ अविनाश बोहरा, कविता कुँवर, ललित नारायण राजवंशी, रोहित कुमार पौडेल र सन्दीप जोरा मनोनयनमा परेका छन् । 

उक्त कार्यक्रममा सिप्यानले लाइफटाइम्स अचिभमेन्ट अवार्ड समेत प्रदान गर्ने भएको छ । 

वर्षको उत्कृष्ट पुरुष खेलाडीले नगद १ लाख ३२ हजार तथा अन्य विघाका विजेताले समान ६६ हजार रुपैयाँ पाउने छन् । अवार्ड कार्यक्रम यहि मंगलवार हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?