प्रविधिले विश्वमा फड्को मार्दै, लण्डनमा यसरी बनाइयो थ्रिडी जेब्रा क्रसिंग

एजेन्सी । विकासको आधार के हुन् ? विकासको सुचाङ्क भित्र के-के राख्ने ? बाटो, बत्ति, खाना, पानीको सुविधामात्र विकास हुन् ?

समाजको विकासँंगै विकासको आधारहरु पनि परिर्वतन हुँदै गएका छन् ।

बाटो, बत्ति, खाना, पानीको सुविधामात्र अब देशको विकास होइनन्  । कुनै पनि देशको विकासमा भौतिक पुर्वाधारको भूमिका महत्वपूर्ण हुन्छ । विज्ञान प्रविधिले देशको समग्र विकासमा मद्दत पु-याउछ । 

सुन्दा अपत्यारीलो लाग्न सक्छ, सडकमा थ्रिडि जेव्रा क्रसिङ । 

हो, उत्तर पश्चिम लण्डन सडकमा ट्राफिकलाई नियन्त्रण गर्नको लागि थ्रिडि जेब्रा क्रसिंगको निर्माण गरिएको छ ।  

ओप्टिकल भ्रम, जसले एक अस्थायी प्रभाव पैदा गर्छ १२ महिनाको परीक्षण पछि वेस्टमिन्स्टर सिटी काउन्सिलका सेन्ट जन्स वुडले शुरुवात गरेका हुन्  । यस कदमले अन्य देशहरुमा समान योजनाहरुको निर्माण गर्दछ ।

एएका अनुसार यो एउटा लायकको प्रयास हो । तर, पैदल यात्रु र चालक दुवैको  सुरक्षामा निगरानी हुनु पर्ने बताए । 

सेन्ट जान्स वुड हाई स्ट्रीट शायद लन्डनको सबैभन्दा लोकप्रिय क्रसिंगको नजिक छ । स्थानीयवासीहरु र नजिकको विद्यालयद्वारा सडक सुरक्षाको बारेमा चिन्ता उठाएपछि यसको निर्माण गरिएको हो । 

वेस्टमिन्स्टर नगर परिषद्ले भारतको नयाँ दिल्ली एक सामान्य क्रसिङसँंग तुलना गरिएको थियो । जसबाट यो प्रमाणित भएको छ कि लण्डनमा यसको शुरुवातले ३१ मिटर प्रति घण्टाबाट १९ मिटर प्रति घण्टामा घटेको छ ।  

एएका प्रवक्ताले भने, लण्डनको अधिकारीहरुले सुरक्षा सुधार गर्न नयाँ तरिकाको शुरुवात गरेका छन् । जब सडकको चाप बढ्दै गएको छ भने विविध सवारी साधनहरुको पनि विकास भएको छ । 

तथापि, तिनीहरूले चेतावनी दिएका छन् कि यो अन्य ठाउँमा काम गरेको थियो भने लण्डनको सडकमा काम नगर्न सक्छ । किनभने त्यहाको सडकको डिजाइन त्यसरी गरिएको छ । त्यसै कारणले यसको सुरक्षा रेकर्ड राख्नु आवश्यक छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?