नेपाल भारत सुरक्षा बैठक: सीमा क्षेत्रमा हुने घुसपैठ र अपराधलाई नियन्त्रण गर्ने निर्णय

शम्भु माली / कपिलवस्तु । कपिलवस्तुको तौलिहवामा शनिवार नेपाल–भारतका सुरक्षा अधिकारीहरुबीच संयुक्त समन्वय बैठक सम्पन्न भएको छ । 

दुई देशको सुरक्षा अधिकारीहरुबीचको संयुक्त समन्वय बैठकमा सीमा व्यवस्थापन, अन्तर सीमा अपराध नियन्त्रण, सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणलगायतको विषयमा छलफल भएको थियो । 

बैठकमा भारतमा आगामी मार्चमा हुने आम निर्वाचनमा सीमा क्षेत्रमा हुन सक्ने घुसपैठ र अपराध नियन्त्रणका विविधमा समेत  छलफल भएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारीले बताए । 

यसैगरी बैठकमा भारतकोतर्फबाट भारत सिद्धार्थनगर जिल्लाका डि.एम.कुनाल सिल्कु, प्रहरी प्रमुख डा. धर्मवीर सिंह, एस.एस.बी ४३ बटालियनका कमाण्डेन्ट जनार्दन प्रसादको उपस्थिति थियो भने नेपालका तर्फबाट कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, प्रहरी उपरीक्षक अच्युतम पुडासैनी, शशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी, राष्ट्रिय अनुसन्धानका निमित्त जिल्ला प्रमुख विनय चर्तुवेदी र रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक बसन्त कुमार बोगटीको उपस्थिति रहेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?