ओम अस्पतालमा सर्जरी विशेष प्याकेज अफर, विभिन्न सर्जरीहरुमा ३४ देखी ३७ प्रतिशतसम्म छुट

काठमाडौं । काठमाडौंको चावहिलमा रहेको ओम अस्पताल तथा रिसर्च सेन्टरले महाशिवरात्रीको अवसरमा यही फागुन २१ गतेदेखी ३० गतेसम्म ३४ देखी ३७ प्रतिशत सम्म विशेष सहुलियत अफरसहितका सर्जरी प्याकेजहरु अघि सारेको छ ।

प्याकेज अफर अन्तर्गत दुई किसिमका सर्जरी सेवा उपलब्ध रहेको छ । पहिलो किसिमको सर्जरीमा दुरबिनको प्रविधिबाट पित्त थैली, एपेन्डिक्स लगायतका सर्जरीहरुका अलावा स्त्रीरोग सम्बन्धी, पाठेघरको अप्रेशन समेत समावेश गरिएको छ ।

दोश्रो किसिमको सर्जरीमा ओपन अथवा चिरेर गर्नुपर्ने हर्निया, हाइड्रोसिल,फिस्टुला आदि सर्जरीहरु समावेश गरिएका छन् ।

आम सर्वसाधारणलाई समेत ओम अस्पतालमा रहेका दक्ष तथा अनुभवि सर्जनहरुवाट गरिने उपचार सेवाको पहुँचमा ल्याउनकालागि अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत अघि सारेको यस सर्जरी विशेष प्याकेज अफरले आर्थिक अभावका कारण सर्जरी गराउन नसकेकाहरु लाभान्वित हुने अस्पतालका मेडिकल डाइरेक्टर डा. केपि देवकोटाले जानकारी दिएका छन् ।

थप जानकारी तथा बुकीङका लागि ओम अस्पतालको मोवाइल नम्बर ९८०२०७६२४७ मा कल गर्न सक्ने अथवा प्रत्यक्ष रुपमा बुझ्नका लागि अस्पतालको कर्पोरेट डेस्कमा सम्पर्क गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?