काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप–२०२३ को तयारी पुरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज
(मङ्गलवार) एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो ।
साफ यू–१९ च्याम्पियनसिप–२०२३ असोज ४ देखि १३ गतेसम्म दशरथ रङ्गशालामा आयाेजना हुनेछ । प्रतियोगिताका लागि सहभागी राष्ट्रहरू आउने क्रम जारी रहेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । उनका अनुसार भुटान, भारत, माल्दिभ्स र बंगलादेशको टोली आज आउने तालिका रहेको छ भने पाकिस्तानको टोली आइपुग्नेछ ।
एन्फाका अनुसार प्रतियोगिताको अनुमानित बजेट २ करोड ७७ लाख रहेको छ । प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ रु १०० र भिआइपी पारापिटतर्फ रु ३०० कायम गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया