युभेन्ट्सले लियो १६ अंकको अग्रता

एजेन्सी । इटालियन सिरि ‘एड लिग फुटबल अन्तर्गत युभेन्ट्स विजयी भएको छ । 

आइतवार राति सम्पन्न भएको खेलमा युभेन्ट्सले नपोलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । युभेन्ट्सको जीतमा खेलको २८ औँ मिनेटमा मिरलेम पेजानिकले तथा ३९ औँ मिनेटमा एम्री कानले समान एक-एक गोल गरे ।

एक पक्षिय रहेको खेलको पहिलो हाफसम्म २-० गोल अन्तरले पछाडि परेको नपोलीका लागि खेलको ६१ औँ मिनेटमा जोसे कलेजोनले गोल गरे । दुवै टिमका १० खेलाडीमा सिमित थियो । नपोलीले निर्धारित समयसम्म केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा २-१ को हार बेहोर्यो । 

जितपछि युभेन्ट्स २६ खेलबाट ७२ अंक जोडेको छ । लिगको दोस्रो स्थानमा रहेको नपोलीको ५६ अंक छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?