काठमाडौँ, ९ कात्तिक । नेपाली कांग्रसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले काँग्रेस जस्तोसुकै गठबन्धनको सामना गर्न तयार रहेको बताउनुभएको छ । नेपाली कांग्रेस बेलकोटगढी नगरपालिका स्तरिय कार्यकर्ता भेलालाई संबोधन गर्दै नेता केसीले उक्त धारणा राख्नु भएको हो । नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्य उम्मेदवार समेत रहनुभएको नेता केसीले प्रदेश र प्रतिनिधीसभा नुवाकोटको सबै सिटमा लोकतान्त्रिक गठबन्धनले जित हासिल गर्ने दाबी गर्नुभयो । “चुनाब जितेर जनतामाझ गरेको प्रतिवद्धता सबै पुरा गरे, समग्र नुवाकोटको विकासमा कुनै कसर बाकी राखिन” उहाले भन्नुभयो“ साविकको क्षेत्र नम्बर १ मा त २० वर्षमा हुन नसकेको विकासको थालनी गरे, विदुर र वेलकोटगढी नगरपालिकालाई त शहरी विकासमन्त्री हुदा एकिकृत शहरी विकास परियोजनामा पारिसकेको छु ।” शान्ति र संविधानलाई पूर्णता दिदै समृद्धिलाई अघि बढाउन अब कांग्रेसको विकल्प नभएको नेता केसीले औल्याउनुभयो । कार्यक्रममा धारणा राख्दै नेपाली कांग्रेस नुवाकोटका सभापति तथा प्रदेशसभा नुवाकोट क्षेत्र नम्बर २ (क) बाट उम्मेद्वार जगदिश्वर नरसिंह कसिले ०७० सालको संविधानसभा निर्वाचनमा झै नुवाकोटलाई लोकतान्त्रिक गठबन्धन किल्ला बनाउने उद्घोष गर्नुभयो । एक फरक प्रसंगमा सभापति केसीले लोकतन्त्रको रक्षाको लागी सबै किसिमको तिक्ततालाई विर्सदै सबै क्षेत्र जिलाउनको निम्ति अभियानमा होमिन कार्यकर्तालाई आह्वान गर्नुभयो । उहाले भन्नुभयो “दुबै प्रतिनिधीसभा सदस्य र चारवटा प्रदेश सदस्य नै यसपल्ट लोकतान्त्रिक गठबन्धनले जित्नैपर्छ , एउटा हारेपनि कांग्रेस अपुरो हुन्छ ” उनले थपे “लोकतन्त्रको रक्षा र नुवाकोटलाई प्रदेश नम्बर ३ को प्रदेशिक राजधानीको लागी पहल गर्नपनि कांग्रेसको जितको विकल्प छैन ।” कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पाटी (प्रजातान्त्रिक) जिल्ला नेतृत्व साथै नुवाकोटका दिवंगत नेता जितसिंग खड्काकी धर्मपत्नि लगायतले लोकतान्त्रिक गठबन्धनको उम्मेदुवारलाई समर्थन गरेको भन्दै जिताउनको लागी सबैका अपिल पनि गरेका थिए । यो भेलासँगै नुवाकोट कांग्रेसले चुनाबी अभियानलाई जिल्ला केन्द्रित बनाउने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया