काठमाडौं । पाकिस्तानका स्टार फास्ट बलर शाहिन अफ्रिदीले फेरि विवाह गरेका छन् । उनले विश्वकपअघि पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीकी छोरी अन्शासँग फेरी र्विवाह गरेका हुन् ।
उनको विवाहमा पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजम सहभागी भएका थिए । हालसालै शाहीन र बाबरबीच झगडा भएको खबर आएको थियो तर अहिले दुवैबीच सबै ठीकठाक रहेको छ । शाहिद अफ्रिदीले विवाहको तस्बिर सेयर गरेका छन् ।
अब प्रश्न उठ्छ कि शाहिनले किन फेरि बिहे गरे ? वास्तवमा शाहिनले अफ्रिदीकी छोरी अन्शासँग यही वर्ष फेब्रुअरीमा विवाह गरेका थिए । त्यतिबेला उनीहरुको विवाहमा धेरै आफन्त आउन सकेनन् । यही कारणले शाहिन र अन्शाले फेरि विवाह गर्ने निर्णय गरेका हुन् । शाहीनले यो काम विश्वकपअघि नै होस् भन्ने चाहन्थे ।
शाहिद अफ्रिदीले छोरी र शाहिनलाई बधाई दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया