काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आगामी वैशाखदेखि प्रदेशस्तरिय फुटबल लिग शुरु गर्ने बताएका छन् ।
‘एन्फा’को लोगो र राष्ट्रिय टिमको नयाँ जर्सी सार्वजनिक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । ‘हामी आगामी वैशाखदेखि फुटबल विकाशलाई मध्यनजरमा राख्दै प्रदेशस्तरिय लिग सञ्चालन गर्ने तयारी गरिहेका छौँ’, उनले भने ।
अध्यक्ष शेर्पाले प्रदेश १ को सरकारले सो प्रतियोगिता सञ्चालनको लागि एक करोड रुयैयाँ दिने प्रतिबद्धता जनाएको पनि बताए । त्यस्तै अध्यक्ष शेर्पाले धरान र बुटवलको ट्रेनिङ सेन्टरलाई पनि नियमित सञ्चालन गर्ने पनि जानकारी दिए ।
उनले भने, ‘अबको चार वर्षभित्रमा एन्फाको पहुजमा रहेको जिल्लाहरुमा एन्फा ट्रेनिङ सेन्टर बनाउने तयारी गरिरहेका छौँ, यसलाई आगामी चैत ९ गते बस्ने एन्फाको साधारण सभाबाट पारित पनि गर्दैछौँ ।’
साथै अध्यक्ष शेर्पाले नेपाली फुटबलको भविष्य उज्जल रहेको पनि बताए । सिमित श्रोत र साधनका बावजुत नेपाली महिला टिमले पाएको सफलता गर्व गर्न लायक भएको पनि उनले जानकारी दिए ।
लोगो जर्सी सार्वजनिक गर्दै उनले भने, ‘हामीहरुले सायद हेरेर मात्र जर्सी र एन्फाको लोगो सार्वजनिक गरेका हौँ, हामीहरु विगत दुई, तीन महिनादेखि यहि दिनको पर्खाईमा बसिरहेका थिए, आज हाम्रो लागि ऐतिहासिक दिन पनि हो ।’
नेपाली राष्ट्रिय फुटबल टोलीको जर्सीमा देब्रेपट्टि एन्फाको लोगो छ, यसअघि त्यस ठाउँमा राष्ट्रिय झण्डा राखिएको थियो । नयाँ लोगोको माथि सगरमाथा र बीचमा नेपालको झण्डा राखिएको छ । पुछारमा फुटबलको चिन्ह रहेको छ ।
फुटबलमा ७ प्रदेशलाई प्रतिनिधित्व गर्ने रङ राखिएको छ ।लोगोको डिजाइन सन्दीप तिवारीले गरेका हुन् । लोगो निर्माण गरे वापत उनीलाई एन्फाले ५० हजार नगदले पुरस्कृत समेत गरेको थियो।
एन्फाको नयाँ जर्सी केल्मी कम्पनिले निर्माण गर्ने छ । यसैबिच एन्फाले फुटबल टिमको गीत पनि सार्वजनिक गरेको छ । राष्ट्रिय धुनका रचनाकार ब्याकुल माइलाले रचेको उक्त गीतलाई शिव परियार, इन्दिरा जोशी लगायतको स्वर दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया