विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने महानगरको चेतावनी

लोकपथ
77
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरले विद्यालय बन्द भए प्रधानाध्यापक र विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारबाही गर्ने निर्णय चेतावनी दिएको हो।

प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सरकारी शिक्षकहरुले विद्यालय बन्द घोषणा गरेपनि महानगरपालिकाले विद्यालय बन्द भए स्वीकार्य नहुने निर्णय गरेको छ ।

विद्यालय शिक्षा ऐनमा काठमाडौं महानगरको पनि असहमति रहेको तर विद्यालय बन्द गरेर असहमति प्रकट गर्ने विषय स्वीकार्य नभएको महानगरपालिकाका प्रवक्ता नवीन महर्जनले बताए । ऐनमा रहेका फरक मत आफूहरु पनि राख्ने तर, विद्यालय बन्द गरेर निकास ननिस्किने उनको भनाइ छ । विद्यालय बन्द गरेर बालबालिकाको पढाइ मात्रै प्रभावित हुने उनले बताए ।

यस्तै, शिक्षकले तोकिएको आचारण विपरीत काम गरे त्यसलाई निरुत्साहित हुने गरी कारबाही गरिने उनले बताए ।

यस विषयमा महानगरले भोलि बिहिबार विद्यालय अनुगमन गर्ने र आवश्यक कारबाही गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?