आज महाशिवरात्री । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्वको एक अर्को विशेषता हो, बाबा साधु ।
महाशिवरात्री शुरुहुन ३–४ दिनअघि नै देशविदेशबाट सन्त बाबाहरु पशुपतिनाथ मन्दिर आइपुग्छन् । शिवरात्रीका अवसरमा पशुपति क्षेत्रमा थरीथरीका बाबाहरु देखिन्छन् ।

पशुपति परिसरमा रहेका बाबाहरुले विदेशीले फोटो खिचे वापत ‘डलर’ माग्ने कारणले पर्यटकहरु हैरान थिए । साधुहरुको अगाडी जब नेपाली फोटो खिच्न पुग्थे तब उनीहरु आफ्नो अनुहार हातले छोप्ने र विदेशीलाई मात्र फोटो खिच्न दिन तयार हुन्थे ।

विदेशीले साधुको फोटो खिचेपछि साधुले ‘अंग्रेजी’मा उनीहरुसँग ‘डलर’ माग्थे ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ ।
























फोटा : कृष्ण थलङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया