एजेन्सी- अस्वस्थ तथा असुरक्षित यौन व्यवहारका कारण क्यान्सर हुनसक्ने विज्ञहरुले बताएका छन् कम उमेरको सम्भोग महिलाहरुको हकमा क्यान्सरको एक डरलाग्दो कारण बन्नसक्ने चेतावनी विज्ञहरुले दिने गरेका छन् । कम उमेरमा हुने सेक्सका कारण महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम उच्च हुने विज्ञहरुको भनाई छ असुरक्षित सेक्सका कारण पुरुषमा भने प्रोस्टेट क्यान्सरको खतरा बढ्न जान्छ । असुरक्षित यौन सम्पर्क विभिन्न खाले यौन रोगको फैलावटको मुख्य कारण त हो नै, यो क्यान्सरको समेत कारकतत्व बन्नसक्छ । त्यसैले यौन जिवनलाई सुरक्षित र स्वस्थ बनाउनु जरुरी छ स्मरण होस केही पहिले हलिउड अभिनेता माइकल डगलसले समेत आफुलाई मुखमैथुनका कारण क्यान्सर भएको खुलासा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया