काठमाडौं । सरकारले संसदमा पेश गरेको शिक्षासम्बन्धी विधेयकका प्रावधानविरुद्ध शिक्षकहरु आन्दोलनमा उत्रिएपछि आज देशभरका विद्यालयको पठनपाठन अन्यौलमा परेको छ ।
उक्त विधेयकका विरुद्ध बुधबारबाट देशभरका विद्यालयमा पठनपाठन हुन सकेको छैन । विधेयकमा शिक्षकहरुको अधिकार खोसिएको भन्दै आन्दोलन गरिरहेका छन् ।
आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन नछाड्ने शिक्षक महासंघको चेतावनी रहेको छ । जसका कारण पढ्न विद्यालय गएका विद्यार्थीहरु फर्किरहेका छन् ।
आज शिक्षक महासंघको टोली र सरकारी पक्षबीच छलफल भएको थियो । तर छलफल निष्कर्षविहीन भएको छ ।
तस्बिरहरु हेर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया