विश्वकप क्रिकेटपछि इमरान ताहिरले एकदिवसीय क्रिकेटबाट सन्यास लिने

एजेन्सी । दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिरले सक्रिय खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् । 

उनले इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप क्रिकेटपछि सन्यास लिने घोषणा गरेका हुन् । 

ताहिरले इंग्ल्यान्ड र वेल्समा आगामी मे ३० देखि जुलाई १४ तारिखसम्म आयोजना हुने आईसीसी विश्वकप क्रिकेटको खेल पछि अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल जिवनबाट सन्यास लिन लागेका हुन् । एकदिवसीय क्रिकेट पछि उनले टि-ट्वान्टी क्रिकेट मात्र खेल्नेछन् । 

उनले सन् २०११ एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । ३९ वर्षीय ९५ एकदिवसीय खेलमा १ सय ५६ विकेट लिएका छन् ।

उनले वेष्ट इन्डिजविरुद्धको आफ्नो डेब्यु खेलमा नै उत्कृष्ट बलिङ गर्दै चार विकेट लिएका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?