नेपालका सन्दीप आवद्ध टिम लाहोरले पेशापर जाम्मीको सामना गर्दै

काठमाडौं । पाकिस्तान सुपर लिग क्रिकेट ‘पीएसएल’ अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टिम लाहोर क्लन्दर्सले आज पेशावर जाल्मीको सामना गर्दैछ । 

यी दुई क्लबबीचको खेल दुबईस्थित शिख जायेद रंगशालामा नेपाली समयानुसार साँझ सवा ५ बजेपछि शुरु हुनेछ । 

आजको खेल लाहोरका लागि निक्कै महत्वपूर्ण छ । लिगको पाँचौ स्थानमा रहेको लाहोरले प्ले अफमा पुग्ने सम्भावनालाई बलियो बनाउनको लागि आजको खेल जित्नै पर्ने दवाव रहेको छ  । 

पेशावर पनि लाहोरलाई पराजित गर्ने रणनीतिका मैदानमा उत्रने तयारीमा छ ।  ८ खेलमध्ये पाँच खेलमा जीत र तीन खेलमा हार ब्यहोरेको पेशावरले १० अंक बनाउँदै लिगको दोस्रो स्थानमा छ । यता सात खेल खेलेको लाहोर ६ अंकका साथ लिगको पाँचौ स्थानमा छ । लाहोरले तीन खेलमा जित र एक खेलमा हार बेहोरेको छ । 

जारी लिगमा सन्दीपले चार खेलमा १० विकेट लिइसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?