काठमाडौं । सरकारले अनिश्चितकालका लागि आन्दोलनमा उत्रेका शिक्षकहरुसँग वार्ता गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।
आन्दोलनरत शिक्षकहरूले शिक्षमन्त्रीसँग वार्ता गर्न नमानेपछि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गृहमन्त्री श्रेष्ठलाई वार्ता गर्ने जिम्मा दिइएको बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले शिक्षकहरुका समस्या समाधान गर्न सरकार तयार रहेको भन्दै कतिपय मागहरु पुरा गर्न कुनै समस्या नरहेको बताए ।
शिक्षा विधेयकमाथि गम्भीर असहमति राख्दै देशैभरिका शिक्षकहरू बुधबारबाट देशव्यापी रूपमा आन्दोलनमा उत्रेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया