१० तस्वीरमा हेर्नुहोस् चिटिक्क हुँदै स्वयम्भूनाथ

२०७२ साल बैशाख १२ गते शनिवार मध्यान्न भन्दा केही पहिले जमिनको सतह भन्दा ९ माइल मुनी रहेको एक चट्टान सर्यो र ठुलो धक्का दियो । 

काठमाडौं उपत्यकालाई चिरिदिएको यो धक्का २० आणविक हतियार फुटे जत्तिकै शक्तिशाली हुन पुग्यो । धेरै जनधनको क्षती भयो । 

२०७२ बैशाख १२ गतेको महाभूकम्प हरेक नेपालीको मानस्पटलमा ताजै छ । भुकम्पगएपछिका परकम्पहरुका कारण पनि नेपालीले महाभुकम्प विर्सन सकेका छैनन् । 

भूकम्पका कारण राजधानी काठमाडौंको मुटुमा अवस्थित ऐतिहासिक नौ तले धरहरा फेदैसम्म ढलेर ध्वस्त भयो । अहिले धरहराको पुनर्निर्माणको कार्य भइरहेका छ । 

रानीपोखरी भत्कियो, तर पुनर्निर्माणको काम अझै शुरु हुन सकेको छैन । 

साथै, भूकम्पले गर्दा काठमाडौं उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू भत्किए ।  

महाभुकम्प गएको यतिका समय बितिसक्दा समेत विश्व सम्पदा सूचिमा सूचिकृत तथा ऐतिहासिक राष्ट्रिय धरोहरहरु भत्केकै अवस्थामा रहँदा विश्वसम्पदामा सूचिकृत क्षेत्रहरु खतराको सूचिमा पर्ने जोखिम पनि बढ्दै गइरहेको छ ।

उपत्यकाको पश्चिम डाँडामा पौराणिक तथा ऐतिहासिक महत्व राख्ने स्वयम्भू चैत्यलाई पनि भुकम्पले थल्यायो । 

बजेट छुट्याइएतापनि तीन वर्ष वित्दासम्म प्रगती हासिल गर्ने किसिमले काम भइरहेको थिएन तर पछिल्लो केही दिन यता स्वसम्भूको स्वरुप फेरीएको छ । उक्त क्षेत्रमा अहिले रंगरोगनको काम भइरहेको छ । 

पर्यटकीयको दृष्टिले पनि उच्च सम्भावना बोकेको स्वयम्भूलाई टिलिक्क पारिँदै छ । रंगरोगन र सुनको जलप लगाइदै गरेकोे स्वयम्भूको स्वरुप पहिलाको अवस्थामा फर्किदैँ छ ।  
स्वयम्भू रंगरोगन गर्दै कामदारहरु:

 

तस्वीर: सरोज सिम्खडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?