कास्की । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु भएका रसियन नागरिकको नाम भने सार्वजनिक भएको छैन । सारङकोटबाट सोलो उडान भर्ने वित्तिकै प्याराग्लाइडिङ दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका उनीलाई प्रहरीले तत्काल मेट्रो सिटी अस्पताल लगिएको थियो । तर, उनीलाई चिकित्सकले मृत घोषणा गरेका छन् । यसअघि आइतवार मात्र प्याराग्लाइडिङ दुर्घटनामा परि रोमानियाका पाइलट इबि चिसजिरको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया