काठमाडौं । एनएमबि बैंकले यहि फागुन ३० गतेदेखि तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ।
उक्त बैंकले एक हजार रुपैयाँको दरले तीन अर्ब रुपैयाँ बराबरीको ३० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो । बैंकले दश वर्ष अवधिको यस ऋणपत्रमा वार्षिक दश प्रतिशत ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गर्ने जनाएको छ ।
बैंकले निष्काशन गरेको ३० लाख कित्तामध्ये ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता अर्थात बैंकले एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि जारी गर्नेछ। बाँकी रहेको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री हुने बैंकले जनाएको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम २५ हजार रुपैयाँदेखि १२ लाख कित्ता अर्थात एक अर्ब २० करोड रुपैयाँसम्म आवेदन दिन पाउने छन् । बैंकले ऋणपत्रको बिक्री छिटोमा चैत ४ गते तथा ढिलोमा चैत १४ गते बन्द गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया