नेपालको महिला युथ टिमले भुटानसँग अभ्यास खेल खेल्ने

काठमाडौं । नेपालको महिला यु-१९ फुटबल टिमले भुटानको राष्ट्रिय टिमसँग अभ्यास खेल खेल्ने भएको छ । 

महिला साफ च्याम्पिनयसिपको अन्तिम तयारी रहेको भुटानको टिमले नेपाली युथ टोलीसँग भोली ‘बुधवार’ अभ्यास खेल खेल्न लागेको हो । नेपाली युथ टोलीका मुख्य प्रशिक्षक ओम श्रेष्ठका अनुसार भुटानविरुद्ध खेल खेल्न लागेको हो । 

नेपाल र भुटानबीचको अभ्यास खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान बुधवार हुनेछ ।

यी दुई टिमबीचको खेल बिहान ९ बजे पछि शुरु हुने बताइएको छ । यस पटकको सिनियर महिला टिममा ६ युथ खेलाडी समावेश छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?