क्यानको सचिवमा उम्मेद्वारी दिने पारसको घोषणा

लोकपथ
238
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पूर्व कप्तान पारस खड्का उठ्ने भएका छन् । शुक्रबार काठमाडौंमा क्यानको साधारणसभा सुरु भएको छ ।

यसैबीच खड्काले आफूले सचिवमा उम्मेद्वारी दिने पारसले घोषणा गरेका हुन् । भोलि शनिबारसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ ।  साधारण सभामा भाग लिन जिल्ला, प्रदेशबाट प्रतिनिधि काठमाडौं आईपुगेका छन् । भोलि शनिबार मतदान हुनेछ ।

अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने तयारीमा छन् । पारस हाल बागमती प्रदेशका अध्यक्ष समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?