समिमलाई योगेशले दिए यस्ता सुझाव,कानूनी झमेला आउला !

सत्तारुढ दल  नेकपाका सांसद योगेश भट्टराईले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीलाई पछि हट्न सुझाव दिएका छन् ।

बैठकमा नेकपा सांसद भट्टराईले अन्सारीलाई नागरिकतामा फरक फरक जन्ममिति  हुनु र प्रमुख जिल्ला अधिकारीको नाम उल्लेख नहुनुको कारणबारे सोध्दै स्वेच्छाले पछि हट्न सुझाव दिएका हुन् ।

संसदीय सुनुवाई विशेष समितिले आज अन्सारीलाई  सुनुवाईका लागि बोलाएको थियो ।  

अन्सारीको अहिले सुनुवाई भइरहेको छ ।

अन्सारीले सबै शैक्षिक प्रमाणपत्र भारतको पेश गरेका छन् । यसबारे पनि उनलाई प्रश्न गरिएको थियो । 

सुनुवाई समितिबाट अनुमोदन भएपनि कानुनी झमेला आउने भन्दै भट्टराईले अन्सारीलाई स्वेच्छाले पछि हट्न सुझाव दिएका छन् ।_ फाईल फोटो 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?