चैत १८ गतेदेखि त्रिभुवन विमानस्थल १० घन्टा बन्द हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामि चैत १८ गतेबाट १० घण्टा बन्द हुने भएको छ ।

अहिले विमानस्थल २१ घण्टा सञ्चालन भइरहेको छ ।  विमानस्थल १० घण्टा मात्रै सञ्चालनमा आउने भएपछि उडान तालिका परिवर्तन हुने जनाएको छ । 

विमानस्थल पुनर्स्थापना मर्मतका कारण बन्द हुन लागिएको जनाइएको छ । ५० वर्ष पुरानो धावनमार्गको कालोपत्रे विस्थापन गरेर चैत १८ देखि नयाँ बनाउन शुरु गर्न लागिएको हो । साथै विमानस्थल दैनिक १४ घन्टा मात्रै खुल्ने जनाएको छ । 

चाइना यरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशनले विमानस्थल निर्माणको जिम्मा दिइएको छ । कम्पनीलाई भ्याटबाहेक ३ अर्ब ७५ करोड रुपैयाँमा निर्माणको जिम्मा दिएको हो ।धावनमार्ग मर्मतका कारण विमानस्थल बन्द हुने र त्यसले यात्रुलाई असर गर्ने भन्दै ट्राभल एजेन्सीहरुले आफूसँग सम्पर्कमा बस्न समेत यात्रुहरुलाई आग्रह गरेका छन्। 

निर्माण शुरु भएसँगै विहान ८ बजेदेखि बेलुका १० बजेसम्म मात्रै विमानस्थल सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। बेलुका १० देखि विहान ७ बजेसम्म धावन मार्ग निर्माणको काम हुने प्राधिरणको भनाई छ । 

पुरानो कालेपत्रेका कारण पटक–पटक भत्किदाँ अडान र आवातरणमा  समस्या हुँदै आएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?