नेपालको नयाँ मुद्रा छाप्ने जिम्मा फ्रान्सेली कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले फ्रान्सको एक कम्पनीलाई नेपाली मुद्रा छाप्न दिएको छ ।  

राष्ट्र बैंकले नेपालको ५० रुपैयाँ छाप्ने जिम्मा फ्रान्सको एक कम्पनीलाई दिइएको हो । बैंकले ५० रुपैयाँ नोट २३ करोड थान नयाँ छाप्न लागेको हो । छापिएको नयाँ नोट ८ महिनाभित्रमा नेपाल आइपुग्ने राष्ट्र बैंकले जनाएको छ । 

नयाँ नोट छाप्ने जिम्मा पाएको कम्पनीले ४७ लाख ७२ हजार ५ सय युरोमा कामको जिम्मा  लिएको हो ।  उक्त नयाँ नोटको डिजाइन भने परिवर्तन गरिएको छैन।

राष्ट्र बैंक मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले दिएको जानकारी अनुसार न्यूनतम तीन वर्ष तीन महिनासम्मलाई पुग्ने नोट छाप्न लागिएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?