धादिङको थाक्रेमा बस दुर्घटना, ५ जना घाइते

 पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रेमा  ग्रमीण यातायातको बस दुर्घटना हुँदा ५ जना घाईते भएका छन् ।

काठमाण्डौँबाट धादिङ सदरमुकाम धादिङबेशी तर्फ जाँदै गरेको ग्रामीण  यातायातको बा ३ ख ३१५३ नम्बरको बस अनियन्त्रित भई सडक छेउबाट पल्टिँदा बसमा सवार ५ जना यात्रु घाईते भएका हुन् ।

घाईते हुनेहरुमा थाक्रे ४ धैरनीका ४७ वर्षिय भैरव थापा, धुनिबेशी ७ का ३५ वर्षिय हरि शंकर परियार, सलाङ ४ कि ठुली कान्छी परियार, २१ वर्षिया लक्ष्मी परियार र मकवानपुरको कैलास गाउँपालिका गोगनेका २९ वर्षिय राजकुमार दर्लामी रहेका छन् ।

घाईतेहरुको धार्केमा रहेको शिवदर्शन अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?