काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन् ।
नयाँ नेतृत्वका लागि भएको चुनावमा प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई हराउँदै पारस सचिवमा निर्वाचित भएका हुन् ।
कुल खसेको ८५ मतमध्ये पारसले ४८ मत ल्याए भने प्रशान्तले ३७ मत ल्याए । पारस अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट उठेका थिए ।
उनी यसअघि बाग्मती क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया