एजेन्सी । डाक्टरहरुले एक ब्रिटिस मानिस एचआईभी भाइरसमुक्त भएको सार्वजनिक गरेका छन् ।
उनीहरुले यी व्यक्ति विश्वमै एड्समुक्त हुने दोस्रो केस हुन सक्ने बताएका छन् ।
रोयटस्को रिपोर्ट अनुसार परिचय सार्वजनिक नगरिएका व्यक्ति तीन वर्ष देखि भाइरस मुक्त छन् । तीन वर्ष अघि उनलाई बोन म्यारो प्रत्यारोपण गरिएको थियो । उनले प्राप्त गरेको बोन म्यारो एचआईभी प्रतिरोधी जेनेटिक म्युटेसन(उद्विकास)युक्त थियो ।
डाक्टरहरुका अनुसार उक्त व्यक्तिले १८ महिनादेखि एण्टी–भाइरल औषधी लिन छाडेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया