नक्कली भ्याट बिल बनाउने धन्दा

काठमाडौँ – आठ वर्षअघि छानबिन र कारबाहीपछि रोकिएको नक्कली भ्याट बिल बनाउने धन्दा फेरि सुरु भएको पाइएको छ ।

राजस्व अनुसन्धान विभागले पछिल्लो समय २४ वटा व्यापारिक फर्मविरुद्ध १ अर्ब ७५ करोड रुपैयाँ बिगो कायम गरी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । १६ कम्पनीमाथि अनुसन्धान भइरहेको छ ।

‘केही कम्पनीले नक्कली भ्याट बिल जारी गरेको, तिनै बिलका आधारमा भ्याट फिर्ता गरेको र आयकर छली गरेको भेटियो,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले भने, ‘सुरुमा २४ कम्पनीको कारोबारमाथि अनुसन्धान गरी मुद्दा दायर गर्‍यौं । बाँकी १६ वटा कम्पनी अनुसन्धानका क्रममा छन् ।’ अरू कम्पनीहरूसमेत नक्कली भ्याट बिल बनाउने र जारी गर्ने धन्दामा लागेको सूचना आएको उनले बताए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?