आठौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेश छनोट : कबड्डी र खोखो सम्पन्न

कास्की । आठौँ राष्ट्रिय खेलुकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशमा कब्बडी, खोखो खेलको छनोट सम्पन्न भएको छ ।  

त्यस्तै फुटबल खेलाडी पनि छनोट भएको छ । कबड्डी खेलको पुरुषतर्फ नवलपुरले स्वर्ण पदक जितेको छ । त्यस्तै कास्कीले रजत पदक जितेको छ । तनहुँ र लमजुङले भने काश्य पदक जितेको कास्की जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।

यसै गरि कबड्डी महिलातर्फ कास्कीले स्वर्ण, म्याग्दीले रजत र नवलपुरले काश्य पदक जितेका छन ।

खोखोतर्फ पुरुष छनोटमा नवलपुरले स्वर्ण, गोर्खाले रजत र कास्कीले काश्य पदक हात पारेका छन । यसै गरि महिलातर्फ नवलपुरले स्वर्ण र कास्कीले रजत पदक हात पारेको छ । 

बिजेता खेलाडीहरुलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?