च्याम्पियन्स लिग फुटबल : आयाक्स २२ वर्षपछि पहिलो पटक क्वाटरफाइनलमा प्रवेश, रियल म्याड्रिड स्तब्ध

एजेन्सी । डच क्लब आयाक्स जारी ‘युइएफए’ च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

मंगलवार राति सम्पन्न भएको प्रि क्वाटरफाइनलको दोस्रो लेगको खेलमा आयाक्सले रियल म्याड्रिडलाई ४-१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

आयाक्सले रियललाई समग्रमा ५-२ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो । यसअघि भएको पहिलो लेगको खेलमा १३ पटकको च्याम्पियन रियल म्याड्रिड आयाक्ससँग २-१ गोल अन्तरले पराजित भएको हो । 

आयाक्सको जितमा खेलको सातौं मिनेटमा हाकिम जियचले, १८ औँ मिनेटमा डेभिड नेरेस, ६२ औँ मिनेटमा दुसन टाडिस र ७२ औँ मिनेटमा लासे सोनले समान एक-एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि खेलको ७० औँ मिनेटमा मार्को एसेन्सियोले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।

खेल सकिनै लाग्दा नाच्हो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल म्याड्रि १० खेलाडीमा सिमित भएको थियो । यो जितपछि आयाक्स २२ वर्ष पहिलो पटक च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?