वेष्ट इण्डिजविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा इंग्ल्याण्ड विजयी

एजेन्सी । वेष्ट इण्डिजविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड विजयी भएको छ । 

ग्रोस आइसलेटमा मंगलवार राति सम्पन्न भएको खेलमा वेष्ट इण्डिजले इंग्ल्याण्डलाई ४ विकेटले पराजित गरेको हो । १ सय ६१ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको इंग्ल्याण्डले १८ दशमलब ५ ओभरमा मात्र ६ विकेट गुमाउँदै निर्धारित लक्ष्य पूरा ग-यो  ।

इंग्ल्याण्डका लागि जोनी बैरस्टोले अर्धशतकिय पारी खेले । उनले ६८ रन बनाए । त्यस्तै जोई डेनलीले ३० रन, साम विलिङसले १८ रन जोड्दे आउट भए । 

यता वेस्ट इन्डिजका लागि शेन क्रोटेलले सर्वाधिक ३ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा  ८ विकेट गुमाउँदै १ सय ६० रनको योगफल तयार पारेको थियो ।  

वेष्ट इण्डिजका लागि निकोलस पुरनले ५८ तथा ड्यारेन  ब्राभोले २८ रन जोडे । 

इंग्ल्यान्डका टम कुरनले ४ तथा क्रिस जोर्डनले २ विकेट लिए । यो जितपछि इंग्ल्याण्डले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?