काठाडौं । मिथिला लघुवित्तले हकप्रद भर्ने समय एक साता थपेको छ ।
लघुवित्तले आन ‘बुधवार’सम्म हकप्रदमा आवेदन दिने समय तोकेको थियो । तर, सञ्चालक समितिको निर्णयले हकप्रथ भर्ने समय एक साता बढाइएको हो । अब लगानीकर्ताले २९ गतेसम्म हकप्रदमा आवेदन दिन सक्नेछन् ।
लघुवित्तले गत माघ १ गते हकप्रद निष्काशन गरेको थियो । लघुवित्तको प्रतिकित्ता शेयरमूल्य हिजो ‘मंगलवार’ ५ सय ८८ रुपैयाँ छ।
लघुवित्त माघ १७ गतेदेखि चुक्ता पूँजीको ५० प्रतिशत ३ करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरको ३ लाख २९ हजार ८ सय ९० कित्ता हकप्रद बिक्रीमा ल्याएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया