कसरी हुने स्वस्थ्य, आजैबाट त्यागौं यस्ता बानीहरु

—सिर्जना मिश्र

काठमाडौं । भनिन्छ आहार र जीवनशैलीले हाम्रो दैनिक जीवनलाई प्रभाव परिरहेको हुन्छ । स्वास्थ्यलाई लिएर हामी जानी नजानी बिभिन्न गल्तिहरु गरिरहेका हुन्छौँ । हामीलाई सामान्य लाग्ने गल्तिहरुले पनि भबिष्यमा ठुलो समस्या निम्त्याउन सक्छन् ।

त्यसैले सामान्य लाग्ने गल्तिहरु के-के हुन् भन्ने विषयमा चर्चा गरिरहेका छौँ । 

समयमा ब्रेकफास्ट नलिने 

सबैभन्दा महत्वपुर्ण भोजन हो बे्रकफास्ट, ब्रेकफास्ट नलिदाँ दिनभरिलाई असर गर्छ  यसले हाम्रो स्वास्थ्यको  हार्मोनमा असन्तुलन आउनु,  स्मरण शक्तिमा समस्या आउनुको साथै मुड खराब भइरहने हुन्छ । यसका साथै ‘मोटाबोलिज्म’ ढिला हुन जान्छ जसले तौल बढाउनुको साथै शरिरलाई शिथिल बनाउन थाल्छ । 
 

पानी नपिउने बानी 

भनिन्छ हाम्रो शरीर ७० प्रतिशत पानीले ओगटेको छ । शरिरमा पानीको कमी हुदाँ थकाई लाग्ने छाला सुख्खा हुने, झन्झट लाग्ने, कुनै कुरामा केन्द्रित हुन नसक्ने र सिर्जनशीलतामा कमी आउने जस्ता समस्या देखापर्न थाल्छ । यसको साथै प्रतिरक्षा प्रणालीमा पनि समस्या देखा पर्छ । त्यसैले पानी पिएर शरिरलाई सधै ‘हाईड्रेट’ राख्नु आवश्यक छ । 
 

बस्ने तरिका गलत हुनु  

शरीर पर्फेक्ट देखिएता पनि गलत तरिकाले बस्ने बानीले शारीरिक समस्या देखा पर्छ । गलत बसाईले कम्मर दुख्नुको साथै पेट लाग्ने, तरिकाले बस्ने बानीले शारिरीक समस्या पनि हुन्छ । त्यस्तै गलत ‘पोस्चर’ले मसल्स बनाउँदा पनि पिठ्यु लचकतालाई कम गर्न सक्छ । जसको कारण हल्का बस्दा पनि दुख्न सक्छ । 
 

अपर्याप्त निन्द्रा 

लगातार पर्याप्त ननिदाउँदा पनि दिन भरी शरिर थकित हुनुको साथै भन्झट लाग्ने हुन्छ । जसका कारण डिप्रेसन हुने खतरा समेत बढ्छ । यस्तो बानीले उच्च रक्तचाप र कोलस्ट्रोलको पनि समस्या निम्त्याउँछ । 
 

पेनकिलरको बढी प्रयोग 

मसल्स पेन हुदाँ कतिपयले ईबुप्रोफेन, एस्पिरिन जस्ता दुखाई कम गर्ने औषधिको बढीप्रयोगले अल्सर पेटको दुखाई उच्च रक्तचाप हृदयघातलगाएतका समस्या निम्तिन सक्छ । यस्ता औषधिले केही समय राहत दिन सक्ला तर, दिर्घकालीन रुपमा गम्भिर असर पर्न सक्छ । त्यसैले डाक्टरको सल्लाह बिना कहिल्यैपनि पेनकिल्लरको प्रयोग गर्नु हुदैन ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?