केन्यामा नेपालले खेल्ने टी-ट्वान्टी क्रिकेट तीन हप्ता पछाडि धकेलियो

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले खेल्ने भनिएको ‘एट नेसन ए’ टी-ट्वान्टी क्रिकेट प्रतियोगिता सरेको छ । 

केन्यामा यहि मार्च अन्तिम साताबाट खेल्ने तय भएको प्रतियोगिता करिब ३ हप्ताको पछाडि धकेलिएको हो ।  आयोजक केन्या क्रिकेटले प्राविधिक कारण देखाउँदै तत्काल टी-ट्वान्टी क्रिकेट खेलाउन वातावरण नमिलेको जनाएको छ ।

केन्या क्रिकेट संघले केही दिनमा नै नयाँ मिति सार्वजनिक गर्ने समेत जनाएको छ । 

यसअघि प्रतियोगिता २२ मार्च देखि ३१ सम्म आयोजना हुने तय भएको थियो । प्रतियोगितामा ८ राष्ट्रले सहभागिता जनाउने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?