काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका-१० स्थित सिस्नेभीरको दाह्रेढुंगामा हेलिकप्टर दुर्घटना हुँदा मृत्यु भएका नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको पेस्तोल फेला परेको छ ।
घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल फेला परेको हो । अस्थायी प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोलीले मंगलबार घटनास्थलमा गई खोजी गर्ने क्रममा उक्त १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाइल जलेको अवस्थामा फेला परेको जनाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
एक साता अघि भएको डाइनेष्टिक एयरको हेलिकप्टर दुर्घटना हुँदा पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित हेलिकप्टरमा सवार सबैजनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया