काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी टी–२० क्रिकेटमा सबैभन्दा चाँडो अर्धशतक बनाउने कीर्तिमान बनाउन सफल भएका छन् ।
जारी एसियाली खेलकुद अन्तर्गतको बुधबारको खेलमा मंगोलियाविरुद्ध ऐरीले मात्र ९ बलमा अर्धशतक बनाउँदै कीर्तिमानी बनाउन सफल भएका हुन् ।
ऐरीले नटआउट रहँदै ५२ रन बनाए । उनले यस क्रममा ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।
त्यससँगै रेरीले भारतका युवराज सिंहको कीर्तिमानी तोड्न सफल भएका हुन् । सिंहले सन् २००७ मा इंग्ल्याण्डविरुद्ध १२ बलमा सबैभन्दा चाँडो अर्धशतक बनाएका थिए ।
। १९औं एसियाडमा नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको छ ।
नेपालले मंगोलियालाई २७३ रनले पराजित गसँगै सबैभन्दा ठूलो अन्तरले जित्ने टिमको विश्व कीर्तिमानसमेत बनाएको छ ।
बुधबार बिहान भएको मंगोलियाविरुद्ध खेलमा नेपालले चीनको हाङभाओस्थित क्रिकेट मैदानमा कीर्तिमानै कीर्तिमान बनाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया