स्वरुप राज आर्चायले दिए धुर्मुस सुन्तली फाउण्डेशन यस्तो उपहार

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ स्थित रामपुरमा निर्माण गर्न लागेको  ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा सुप्रसिद्ध गायकद्वय सत्य स्वरुप राज आचार्य जोडिएका छन् । 

बुधवार फाउण्डेशनले बनाउने रङ्गशालाका लागि गीत उपहार दिँदै अभियानमा जोडिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए ।

सत्य स्वरुपले धुर्मुस सुन्तली फाउण्डेशनको परियोजनाका लागि क्रिकेट सम्बन्धि गीत उपहार दिएका हुन् । ‘युद्धको मैदान’ बोलको उक्त गीतलाई सत्य स्वरुपले आफैले संगीत दिएका हुन् भने शब्द पनि आफैले लेखेका हुन् । धुर्मुस सुन्तलीको अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको उक्त गीतमा बन्न लागेको क्रिकेट रङ्गशालाका दृश्यहरु समावेश गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?