काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृगार र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले आधा दर्जज संस्थाहरुको बिभिन्न सेवाहरुमा छुट पाउने छन् ।
यस अन्र्तगत सुमेरु हष्पिटल धापाखेल ललितपुरको ओपिडी र आईपीडी सेवाहरुमा १० प्रतिशत एवं फार्मेसीमा पाँच प्रतिशत, एशियन बुद्ध होटल भैरहवाको फुड, बेझरेज र ग्रिल बारमा १० प्रतिशत एवं स्पामा २० प्रतिशत, मल्ल फेन्सी आबुखैरनी तनुँमा १० प्रतिशत, रिसु ब्युटी पार्लर हेटौंडा मकवानपुरमा १० प्रतिशत र व्युटीफुल कलेक्सन बाँसबारीको क्लोथिङ प्रोडक्टसमा १० प्रतिशत र व्याग र सुजहरुमा पाँच प्रतिशतको छुट पाउन सक्नेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया