च्याम्पियन्स लिग फुटबल : ‘पीएसजी’लाई हराउँदै म्यान्चेस्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड जारी ‘युइएफएड च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

बुधवार राति सम्पन्न भएको प्रि क्वाटरफाइनलको दोस्रो लेगको खेलमा म्यान्चेस्टर युनाइटेडले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ‘पीएसजी’लाई ३-१ गोल अन्तरले पराजित ग-यो । समग्रमा समान तीन-तीन गोल गरेपनि म्यान्चेस्टर युनाइटेड अवे गोलको आधारमा अन्तिम आठमा पुगेको हो ।

यसअघि भएको पहिलो लेगको खेल भने म्यान्चेस्टर युनाइटेड पीएसजीसँग २-० गोल अन्तरले पराजित भएको थियो । तर, दोस्रो लेगको खेलमा उत्कृष्ट पुनरागमन गर्दै म्यान्चेस्टर युनाइटेडले अघिल्लो चरणको यात्रा तय गरेको हो ।

म्यान्चेस्टर युनाइटेडको जितमा रोमेलु लुकाकुले दुई गोल गरे । उनले खेलको दुई र ३० औँ मिनेटमा गोल गरेका थिए । त्यस्तै खेल सकिनै लाग्दा मार्कोस रासफोर्डले एक गोल गरे । यता पीएसजीका लागि खेलको १२ औँ मिनेटमा जुवान बेर्नाटले एक मात्र गोल फर्काएका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?