एजेन्सी । इस्लामिक स्टेटका ४ सय लडाकु सिरियाबाट पक्राउ परेका छन् ।
सिरियाको अन्तिम पकड इलाकाबाट भागिरहेको अवस्थामा इस्लामिक स्टेटका ४ सय लडाकु पक्राउ परेका हुन् ।
अमेरिकाको अगुवाईमा रहेको सिरियाली सेनाले रातको समयमा तस्करको सहायतामा भाग्दै गरेका ती लडाकुलाई पक्राउ गरेको दाबी गरेको छ ।
बागौज क्षेत्रबाट सर्वसाधारणको उद्धार गर्ने क्रममा सयौं लडाकुले आत्मसमर्पण गरेका छन् भने सो क्षेत्रमा तीव्र सैन्य कारबाही शुरु गरेपछि बागौज क्षेत्र समेत आईएस मुक्त हुने दाबी गरिएको छ ।
५ वर्ष देखी जारी सैन्य कारबाहीका कारण आईएसको अस्तित्व अहिले केही वर्ग मिटरमा सीमित भएको छ ।
ती क्षेत्रबाट सोमवार र मंगलवार मात्रै ६ हजार ५ सय सर्वसाधारणको उद्धार गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया