एफसि पोर्टो च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश

एजेन्सी । पोर्चुगिस क्लब एफसि पोर्टो जारी ‘युइएफ’ च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । 

बुधवार राति सम्पन्न भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा एफसि पोर्टोले इटालियन क्लब रोमालाई ३-१ गोल अन्तरले पराजित ग-यो । समग्रमा एफसी पोर्टोले रोमालाई ४-३ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको ।

यसअघि भएको पहिलो लेगको खेलमा पोर्टो २-१ गोल अन्तरले पराजित भएको थियो ।

एफसी पोर्टोलाई जित दिलाउन  टिक्विन्हो, मौसा मरेगा र एलेक्स टेल्सले समान एक-एक गोल गरेका थिए । यता रोमाका ड्यानियल रोसीले एक गोल फर्काए । यो जितपछि सन् २०१४ को सिजन पछि पहिलो पटक क्वाटरफाइनलमा पुगेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?