सुनको भाउ घट्यो, तोलामा ६० हजार २ सय

काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको भाउ ६० हजार २ सयमा कारोबार भइरहेको छ । 

यसअघि बुधवार सुनको भाउ तोलामा ६० हजार ७ सयमा कारोबार भएको थियो । 

यस्तै बिहीवार तेजाबी सुनको भाउ तोलामा ५९ हजार ९ सयमा कारोबार भइरहेको छ । 

चाँदी भने आज ७ सय ३५ मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?