विप्लव समूहका नेता रोकाको घरमा प्रहरीको छापा, भाग्न खोज्दा प्रहरीले चलायो गोली

कपिलवस्तु । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समूहका नेता दुर्गाबहादुर रोकाको घरमा प्रहरीले छापा मारेको छ । 

शिवराज नगरपालिका –९ स्थित रोकाको घरमा प्रहरीले छापा हानेको हो । उनको घरबाट प्रहरीले एसएमजी, तीन थान म्यागजिन र चाइनिज पेस्तोल बरामद गरेको छ ।

अवैध हातहतियार राखेको विषेश सूचनाका आधारमा प्रहरीले बिहीवार बिहान रोकाको घरमा घेरा हालेपछि विप्लव समूहका नेता रोका भाग्न खोज्दा गोली चलाइएको छ ।

प्रहरीको गोली लागेर रोका घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको र जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?